Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
17.1 C
Kathmandu

ठोरी गाउँपालिकाको हिउँदे गाउँसभा तथा १४औँ अधिवेशन सफलतापूर्वक सम्पन्न

spot_img

वीरगंज,१८ पुस । पर्सा जिल्लाको ठोरी गाउँपालिकाको हिउँदे गाउँसभा तथा चौधौँ अधिवेशन शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विकले गर्नुभएको हो।

उद्घाटन सत्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले सबै अतिथि, जनप्रतिनिधि तथा सहभागीलाई स्वागत गर्दै हालसम्म गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, हासिल गरेका उपलब्धि तथा आगामी दिनमा अघि बढाइने योजनाबारे संक्षिप्त तर तथ्यपरक जानकारी प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर योजना निर्माण र कार्यान्वयनमा जोड दिइँदै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई सहज, प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्नु भएको बताउँदै विकास र सुशासनलाई सँगसँगै अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष गोकुली रेग्मीले महिला, बालबालिका, विपन्न तथा लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो।

त्यस्तै, वडा अध्यक्षहरू अमृतकृष्ण सापकोटा र अष्टबहादुर लोप्चन तथा कार्यपालिका सदस्य फुलमाया दर्जी लगायतका वक्ताहरूले आ–आफ्नो धारणा राख्दै स्थानीय पूर्वाधार विकास, सेवा प्रवाहको सुदृढीकरण, सुशासन र जनमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। जनप्रतिनिधि र कर्मचारीबीचको आपसी समन्वय र सहकार्यले मात्रै गाउँपालिकाको विकास यात्रालाई थप प्रभावकारी बनाउन सकिने उनीहरूको धारणा थियो।

अधिवेशनमा सर्वसम्मत रूपमा विभिन्न प्रस्तावहरू पारित गरिएको छ। साथै, केही योजना तथा बजेट शीर्षकमा सामान्य संशोधन समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिनुभयो। संशोधनले योजनाको कार्यान्वयनलाई थप व्यवहारिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनको समापनसँगै आगामी दिनमा ठोरी गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह सुधार तथा प्रशासनिक सुदृढीकरणका लागि महत्वपूर्ण दिशानिर्देश तय भएको जनाइएको छ। यस अधिवेशनले स्थानीय तहको सुशासन र विकास अभियानलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once