Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
18.1 C
Kathmandu

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पदभार ग्रहण

spot_img

काठमाडौं,११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आज पदभार ग्रहण गरेका छन् । आजै मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन् । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी थिइन् ।

केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकी थिइन्, जसमा शर्माले सकारात्मक प्रतिक्रिया दिएका थिए । शर्माको कूटनीतिक अनुभव र विज्ञतालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नयाँ मन्त्रीको नियुक्तिसँगै प्रधानमन्त्री कार्कीले रक्षा र खानेपानी मन्त्रालय भने आफूसँगै राखेकी छन् । आजको मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको पाँचौँ विस्तार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once