Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

सुन र चाँदीको मूल्यले तोड्यो ऐतिहासिक रेकर्ड

spot_img

काठमाडौं,११ पुस । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला चाँदी ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्नु, लगानीकर्ताको आकर्षण तथा बजारको मागका कारण सुन–चाँदीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once