Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश प्रस्ताव

spot_img

काठमाडौं,०९ पुस । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको संचालक समितिले पुस ८ गते बसेको बैठकमा लाभांश प्रस्ताव पारित गरेको हो।

कम्पनीले आगामी साधारण सभामा प्रस्ताव पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा वितरण हुने जानकारी दिएको छ। साधारणसभा पुस ३० गते आयोजना हुने बताइएको छ।

कम्पनीले साधारणसभाको लागि पुस २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन्।

नेपाल टेलिकमका अनुसार लाभांश प्रस्ताव पारित भएपछि कम्पनीका शेयरधनीलाई प्रत्यक्ष नगद लाभांश वितरण गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once