Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
29.1 C
Kathmandu

मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत

spot_img

जनकपुर,०५ पुस । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै सांसदले मतदान गरेपछि उनले सर्वसम्मत समर्थन हासिल गरेका हुन्।

सत्ता गठबन्धनमा रहेका सात दलका साथै विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समेत समर्थन जनाएपछि मुख्यमन्त्री यादवले १०० प्रतिशत विश्वासको मत पाएका हुन्। बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले सबैले उनको पक्षमा मतदान गरेका थिए।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक न्यूनतम ५४ मत रहेकोमा मुख्यमन्त्री यादवले त्यसको दोब्बरभन्दा बढी मतसहित स्पष्ट बहुमत हासिल गरे। मतदान सम्पन्न भएपछि उपसभामुख बबिता राउतले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको औपचारिक घोषणा गरिन्।

मधेस प्रदेशमा मुख्यमन्त्रीले संसद् बैठकमा उपस्थित सबै सांसदको समर्थन प्राप्त गरेको यो दोस्रो घटना हो। यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले पनि बैठकमा उपस्थित १०२ जना सांसदबाट सर्वसम्मत विश्वासको मत पाएका थिए।

मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत प्राप्त गरेसँगै प्रदेश सरकारलाई आगामी दिनमा नीति तथा कार्यक्रम कार्यान्वयन तथा प्रदेश विकासका योजनाहरू अघि बढाउन थप राजनीतिक स्थायित्व र सहजता मिल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once