Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

यातायात विभागको चेतावनी : चाडबाडमा गाडी भाडा कालोबजारी नगर्नुहोस्

spot_img

काठमाडौं,१० असोज । यातायात व्यवस्था विभागले चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न चेतावनी दिएको छ ।

पूर्वनिर्णय, स्वीकृति भाडादर तथा प्रचिलत कानुनको प्रतिकूल हुने गरी बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने र टिकट बिक्री वितरण असहज बनाएको गुनासो नागरिक स्तरबाट आएको भन्दै विभागले सो काम तत्काल रोक्ने भनेको छ ।

प्रचलित कानुन अनुसार मात्र भाडा लिन र सार्वजनिक यातायात व्यवस्थित गराउन विभागले सरोकारवालालाई भनेको छ । निर्णय विपरीत भाडा लिएमा वा टिकटमा कालाबजारी गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once