Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

सुन प्रतितोला १,२०० ले वृद्धि, चाँदीले तोड्यो रेकर्ड

spot_img

काठमाडौं,१० असोज । नेपाली बजारमा आज शुक्रबार, असोज १० गते सुनको मूल्य सामान्य बढेको छ भने चाँदीले हालसम्मकै उच्च मूल्यको कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबारको तुलनामा आज प्रतितोला १,२०० रुपैयाँले बढेर २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँ पुगेको छ। महासंघका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।

चाडपर्वको मुखमा सुन र चाँदी दुवैको मूल्यमा आएको वृद्धिले उपभोक्तालाई थप महँगीको भार पारेको व्यापारीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once