Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

नवलपरासी कारागारबाट भागेका २२२ कैदी फर्किए, अझै ३२४ जना फरार

spot_img

नवलपरासी,०९ असोज । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् ।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार हालसम्म २२२ कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट ५४६ जना कैदीबन्दी फरार भएका थिए भने अहिले पनि ३२४ जना फरार अवस्थामा रहेका छन् ।

श्रेष्ठका अनुसार त्यतिबेला कैदीबन्दीहरूले कारागारलाई नियन्त्रणमा लिएर सामूहिक रूपमा भागेका थिए । त्यस क्रममा १७ पुरुष र १२ महिला कैदीबन्दी भने नभागी कारागारमै बसेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा प्रहरीले प्रतिरोध नगरी कैदीलाई निस्कन दिएको थियो ।

फरार कैदीलाई स्वेच्छाले फर्किए सजाय कम हुनसक्ने सूचना जारी गरेपछि पछिल्ला दिनमा दैनिकजसो कैदीबन्दीहरू कारागारमा फर्किन थालेको उनले बताए ।

नवलपरासी कारागारबाट भागेकामध्ये ४० जना भारतीय नागरिक रहेको र तीमध्ये एक जना फर्किएको जेलर श्रेष्ठले जानकारी दिए । यस्तै, कारागारका १३ जना कैदी अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका ६ जना कैदी नवलपरासी आइपुगेका छन् ।

केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथ अफ्रिकाका नागरिक पनि नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once