Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

दुग्ध र उखु किसानका समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

spot_img

काठमाडौं,०६ असोज । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए ।

साथै मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ । उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once