Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मौका परीक्षा असोज ७ र ८ गते हुने

spot_img

काठमाडौं,०१ असोज । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेन-जी आन्दोलन हिंसात्मक बनेपछि स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले सोमबार संशोधित तालिका प्रकाशित गर्दै परीक्षा यही असोज ७ र ८ गते हुने जनाएको छ।

तालिकाअनुसार, असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक मात्र विषय दिने विद्यार्थीका लागि पनि यही दिन परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीहरूले सानो कोड भएको विषयको परीक्षा यसै दिन दिनुपर्नेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिनेले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। दोस्रो दिन अंग्रेजीको परीक्षा भने रहने छैन, किनकि अंग्रेजी पहिलो दिनमै तोकिएको छ।

बोर्डले विद्यार्थीहरूलाई तोकिएको समयमै परीक्षा दिन उपस्थित हुन आग्रह गर्दै नयाँ तालिकाअनुसार परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ। यससँगै कक्षा १२ को मौका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once