Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

वीरगंजमा सशस्त्र प्रहरीद्वारा अवैध ई–रिक्सा र कपडा बरामद

spot_img

वीरगंज,३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल, १३ नं. गण पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइरहेको ई–रिक्सा र कपडा बरामद गरेको छ।

मंगलबार बिहान ७:५० बजे, वीरगंज महानगरपालिका–१४, गण्डकचोकस्थित प्रहरी सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको ९ जनाको गाडी मोबाइल टोलीले प्रदेश–२–०३–००१ ह ८३९ नं. ई–रिक्सा र त्यसमा राखिएको पर्दा नियन्त्रणमा लिएको थियो ।

बरामद पर्दाको मूल्य करिब ५० हजार ४ सय रुपैया रहेको छ भने ई–रिक्सा करिब ३ लाख रुपैया मूल्याङ्कन गरिएको छ । कुल मूल्य ३ लाख ५० हजार ४ सय बराबर रहेको बताइएको छ । उक्त बेला रिक्सा छोडेर व्यक्तिहरू भागेका थिए । बरामद वस्तु नियन्त्रणमा लिएर मंगलबार विहान १०:०० बजे वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नं. गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

त्यसैगरी, मंगलबार बिहान ११:०० बजे, पर्सा जिल्ला पकाहाँ मैनपुर गाउँपालिका ५, लक्ष्मीपुरस्थित सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब ५४ हजार १५० रुपैया मूल्यको कपडा नियन्त्रणमा लिएको र भन्सारमा बुझाउने प्रक्रिया अघि बढाएकाे सुचना अधिकारी डिएसपी कार्कीले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once