Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

जेन–जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजारभन्दा बढी घाइते उपचाररत

spot_img

काठमाडौं,२६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन–जी’ आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र १,३६८ जनाले उपचार पाएका छन्। मन्त्रालयले विभिन्न अस्पतालहरूसँग सम्पर्क गरी मृत्यु र घाइतेको विवरण संकलन गरी सार्वजनिक गरेको हो।

विभिन्न अस्पतालमा भएका मृत्यु विवरण यस्तो छः निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज (सिनामंगल) मा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल (बिर्तामोड) मा १, विर्तासिटी अस्पतालमा १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा २ र भेरी अस्पतालमा ५ जना गरी ३४ जनाको मृत्यु भएको छ।

त्यसैगरी हाल ३२१ जना विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन्। सचिव डा. विकास देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना उपचाररत छन्।

उनका अनुसार ९४९ जना उपचारपछि घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once