Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

रामेछाप कारागारमा गोलीकाण्डः भाग्न खोज्दा २ कैदीको मृत्यु

spot_img

काभ्रेपलाञ्चोक,२६ भदौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once