Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा जेन–जी आन्दोलनको क्रममा जलेको टेलिकमको गाडी हटाउँदै रेडक्रसका स्वयंसेवकहरू

spot_img

वीरगंज,२५ भदौ । मंगलबार जेन–जी आन्दोलनको क्रममा वीरगञ्जको प्रमुख चोक घण्टाघरमा आगजनी गरिएको नेपाल टेलिकमको सेवा गाडी सडकबाट हटाउने कार्य सुरु गरिएको छ।

घटनास्थलमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरू खटिएर जलेको गाडी हटाउन सहयोग गरिरहेका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले टेलिकमको गाडीमा आगो लगाएका थिए ।

सुरक्षाकर्मीको सहयोगमा रेडक्रस स्वयंसेवकहरूले गाडी सडकबाट हटाउँदै सार्वजनिक आवागमन सहज बनाउन काम गरिरहेका छन्। घटनाले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनुका साथै टेलिकम सेवा प्रभावित भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once