काठमाडौं,२४ भदौ । काठमाडौँको कलंकी क्षेत्रमा प्रहरीले गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।
जेन–जीहरूले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। घाइतेहरूको परिचय र अवस्था भने सार्वजनिक भएको छैन।
आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी र प्रदर्शनकारी आक्रोशित बनेका छन्।





