Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

गगन थापाले भने “प्रधानमन्त्रीले अबिलम्ब पद छोड्नुपर्छ, कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ”

spot_img

काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जेड आन्दोलनका क्रममा युवामाथि भएको गोली प्रहार घटनापछि प्रधानमन्त्रीलाई तत्काल पद त्याग गर्न आग्रह गरेका छन्।

आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक प्रतिक्रिया सार्वजनिक गरेका थापाले भनेका छन्– “रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।”

थापाले कांग्रेसलाई पनि सरकारमै बसिरहन नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्– “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।”

उनको यो अभिव्यक्ति पछि नेपाली कांग्रेसभित्र सरकारबाट फिर्ता हुने वा निरन्तरता दिने विषयमा चर्को बहस हुने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once