Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

११ राजमार्गमा सडक अवरुद्ध, यात्रुहरू समस्यामा

spot_img

काठमाडौं,१६ भदौ । वर्षासँग गएको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

आज संखुवासभास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट– डोल्पा–भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क –चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट– डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि–त्रिवेणी–मैलुङ–स्याफ्रु सडक, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ ।

तीन दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन नसक्दा अवरुद्ध सडक खुल्न नसकेको हो ।

पहिरो पन्छाउन आइतबार बिहानदेखि दुई वटा एक्स्काभेटर लगाइए पनि ठूलठूला ढुंगा पन्छाउन नसकिँदा सडक खुल्न नसकेको डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । सम्भव नभएन विष्फोट गरेर भए पनि खुलाउने तयारी गरिएको उनको भनाइ छ ।

गगने खोलाको पहिरोले नागरिकले दुःख पाएकाले ठूला ढुंगा फुटाउन मेसिन (ब्रेकर) लगाएर होल खोप्न सुरु गरिसकेको र विस्फोटनको लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयको स्वीकृतिका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । ‘ठूलो ढुंगा विष्फोटन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ’आज नै नेपाली सेनाले विस्फोट गरेर सडक खुलाउँछौं ।’ ३ दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once