Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

नेपाल आइडल’ सिजन ६ : गंगा सोनम विजेता घोषित

spot_img

काठमाडौँ,१६ भदौ । सिन्धुपालाञ्चोक इन्द्रावती–१० की गंगा सोनमले ‘नेपाल आइडल’ सिजन ६ को उपाधि आफ्नो नाममा गर्न सफल भएकी छिन्। आइतबार राति सम्पन्न फिनालेमा अन्य चार प्रतियोगीलाई पछि पार्दै उनले विजेता बन्ने गौरव प्राप्त गरिन्।

उपाधिसँगै उनले ट्रफी, नगद २५ लाख रुपैयाँ र विभिन्न आकर्षक उपहारहरू हात पारिन्। सोनमपछि बबिता थापा मगर फर्स्ट रनरअप तथा दर्शना गान्धारी सेकेन्ड रनरअप बने। फर्स्ट रनरअप थापाले १० लाख रुपैयाँ र उपहार प्राप्त गरिन् भने सेकेन्ड रनरअप गान्धारीले ५ लाख रुपैयाँसहित उपहार पाइन्। त्यस्तै, अभिनय खाति चौथो स्थानमा रहँदा मृनल मानन्धर पाँचौं स्थानमा पुगे। दुवैले जनही १–१ लाख रुपैयाँ पुरस्कार पाए।

सोनम ‘नेपाल आइडल’ बन्ने दोस्रो महिला हुन्। यसअघि सिजन ३ मा सज्जा चौलागाईंले उपाधि जितेकी थिइन्। नेपाल आइडलका अघिल्ला विजेतामा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार छन्।

यसपटकको ‘नेपाल आइडल’ मा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकका रूपमा रहेका थिए भने शोको निर्देशन सुरेश पौडेल र एलेन श्रेष्ठले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once