Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

रास्वपा नेता अरनिको पाँडे धरौटीमा रिहा

spot_img

काठमाडौं,१३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पाँडेलाई बुधबार पक्राउ गरिएको थियो। अदालतले उनीमाथि थप अनुसन्धानका लागि चार दिनको म्याद थपेको थियो ।

वातावरणविद्को रूपमा चिनिने पाँडे २०७९ साल भदौमा रास्वपामा प्रवेश गरेका थिए र रास्वपा सरकारमा हुँदा २०८० सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once