Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

पुँजीबजार चहलपहल : नेप्सेमा उल्लेख्य वृद्धि, कारोबार मजबुत

spot_img

काठमाडौं,१२ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ ।

नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ, जुन २.०४ प्रतिशतको वृद्धि हो । यस दिन बजारमा कुल ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस अवधिमा १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

बजारमा आज २३२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९ कम्पनीको मूल्यमा गिरावट आएको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स सबैभन्दा अगाडि रह्यो । यसैगरी, विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले र समता घरेलु लघुवित्तको मूल्य ९.३६ प्रतिशतले बढेको छ । आज बजारका सबै समूह हरियाली रहेका छन् । सबैभन्दा बढी वृद्धि विकास हाइड्रो समूहमा देखिएको छ । लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once