Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

देशका विभिन्न भागमा भारी वर्षा, काठमाडौंमा पानी जमिन थालेको

spot_img

काठमाडौं,०७ भदौ । काठमाडौं उपत्यकासहित देशका केही भूभागहरूमा हाल तीव्र वर्षा भइरहेको छ। यससँगै बाढी र डुबानको जोखिम बढेकाले जल तथा मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

विशेषगरी काठमाडौंको गोङ्गबुस्थित विष्णुमती नदी नजिकको जलमापन केन्द्रमा जलसतह सतर्कता तहको आसपास पुगेको छ र थप बढ्ने क्रममा रहेकोले नदी किनारको बाटो प्रयोग गर्नेहरू, त्यस्तै नदीको छेउछाउमा बसोबास गर्नेहरूलाई जोखिम बढेको जनाइएको छ।

“सानो पानीमै ठुलो असर“

काठमाडौं उपत्यकामा एकैछिन ठूलो पानी परे पनि साना खोलाहरूमा तुरुन्तै बाढी आउने, बस्तीहरू जलमग्न हुने र सवारी आवागमन समेत प्रभावित हुने अवस्था दोहोरिंदै आएको छ।
आजको वर्षासँगै विभिन्न क्षेत्रका सडकहरू जलमग्न भएका छन् भने सामान्य यात्रा गर्ने यात्रुहरू समस्या भोगिरहेका छन्।

मकवानपुरमा पनि भारी वर्षा

मकवानपुरको मकवानपुरगढी तथा वरपरका क्षेत्रमा पनि अहिले लगातार भारी पानी परिरहेको जनाइएको छ। त्यहाँबाट बग्ने सम्री खोलालगायतका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना भएकाले तटीय क्षेत्र र डुबानमा पर्ने होचो स्थानका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले भूस्खलन, आकस्मिक बाढी तथा यातायात अवरुद्ध हुन सक्ने जोखिम रहन सक्छ।

सुझाव र चेतावनी

महाशाखाले नदी, खोलानाला आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, तटीय क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा बस्न तथा आकस्मिक अवस्था आउन सक्ने पूर्वतयारी राख्न आग्रह गरेको छ।
साथै सवारी साधन चालक, पैदलयात्री, र विद्यार्थीहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूलाई पनि आकस्मिक अवस्था आए तत्काल उद्धार र व्यवस्थापनको तयारीमा रहन अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once