Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

नक्कली प्रमाणपत्र काण्डमा रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

spot_img

दाङ,०६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले बुधवार पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिएका छन् । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once