Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

वीरगंज कपडा बैंकको मानवियतापूर्ण पहल : ६ सय थान कपडा निःशुल्क वितरण

spot_img

वीरगंज,१६ साउन । गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरिएको हो ।

कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा तथा संस्थाका संरक्षक एवं वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, राजनाथ मिश्र, उपाध्यक्ष मोनिका सिंह सहित विभिन्न पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले वीरगंज कपडा बैंकले पछिल्ला ६ वर्षदेखि विपद्, बाढी, आगलागी तथा अन्य संकटग्रस्त अवस्थामा कपडासहित राहत सामग्री पीडितको घरमै पु‍र्‍याउँदै आएको उल्लेख गरे । उनले भने,
“जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस् । जसलाई आवश्यक छ, हामीसँग लिएर जानुहोस् ।”

कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजे देखि साँझ ५ बजे सम्म वीरगंज–८ स्थित कार्यालयबाट नि:शुल्क कपडा वितरण गरिरहेको छ ।

सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्” भन्ने भावनाका साथ विशेषगरी चाडपर्वमा प्रयोगयोग्य कपडा दान गर्न सबैलाई अनुरोध गरे।

अध्यक्ष सिंहले कपडा वितरण कार्यक्रम मानव धर्मको उत्कृष्ट अभ्यास भएको भन्दै सबैलाई यस अभियानमा सहयोग गर्न आग्रह गरे । उनले सबै दाताहरू, शुभेच्छुकहरू, सञ्चारकर्मी, र स्वयंसेवकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा संजय मण्डल, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, प्रकाश थारु, अजित भुजेल, राजेन्द्र भट्टराई, राज सराफलगायतको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once