Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

गर्मी र धूलोबाट जोगिन ७ सय ट्राफिक प्रहरीलाई चस्मा वितरण

spot_img

सर्लाही,१४ साउन । बढ्दो गर्मी, घाम र धूलोका कारण कार्यक्षेत्रमा सास्ती भोगिरहेका ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत ७ सय थान कालो चस्मा वितरण गरिएको छ। चस्मा वितरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भयो।

संघमार्फत प्राप्त चस्मा ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिलवाल थिए। साथै पर्सा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, मधेस प्रदेशका आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, तथा अन्य अतिथि तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग पुनर्निर्माणका कारण ट्राफिक प्रहरीको काम झनै चुनौतीपूर्ण बनेको छ। त्यसैले मधेसभरका ट्राफिक प्रहरीलाई चस्मा वितरण गरिएको हो। यो अभियान आगामी वर्षहरूमा पनि निरन्तर हुनेछ।”

प्रहरी उपरीक्षक सिलवालले चश्माले प्रहरीलाई गर्मी, धूलो र आँखाको समस्याबाट जोगाउन सहयोग गर्ने बताए। नगरप्रमुख आचार्यले नागरिकको सुरक्षामा खटिने ट्राफिक प्रहरीप्रति स्थानीय सरकारको समर्थन आवश्यक रहेको बताए।

११ लाख बराबरका स्वास्थ्य सामग्री पनि हस्तान्तरण
कार्यक्रमकै अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

त्यसैगरी, संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, र चार्टर्ड एकाउन्टेन्ट देवराज पन्तलाई नगरपालिकाले विशेष सम्मान प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख शुगेन्द्र महतोले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once