Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

रुपन्देही बालसुधार गृहमा एक कैदीको आत्महत्या

spot_img

बुटवल,११ साउन । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना कैदीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार दिउँसो करिब २ बजे बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले झुण्डिएर आत्महत्या गरेका हुन् ।

‘दिउँसो सुधारगृहमा रहेका कैदीहरुको गन्ती गणना गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिवलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।

गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का हुन् । नाइके समेत रहेका उनी जबरजस्ती करणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once