Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

पर्सामा क्रियाशील कम्युनिस्ट दलहरूको बैठक सम्पन्न, ‘संयुक्त वाम अभियान पर्सा’ गठन

spot_img

वीरगंज,११ साउन । पर्सा जिल्लामा क्रियाशील विभिन्न कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक शनिबार वीरगंजकाे रानीसती धर्मशालामा सम्पन्न भएको छ । बैठकले ‘संयुक्त वाम अभियान पर्सा’ नामक समन्वय समिति गठन गरेको छ, जसमा प्रत्येक पार्टीबाट जिल्ला अध्यक्ष वा एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको हाे । गठित समितिको नेतृत्व प्रत्येक दलले तीन–तीन महिनाको लागि आलोपालो गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीका सदस्य सुबेदार यादवले जानकारी दिए । पहिलो चरणको संयोजन एकीकृत समाजवादीका अध्यक्ष थापाले गर्ने निर्णय भएको छ।

बैठकले अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरोधमा साउन ११ गते बेलुका ६ बजे वीरगंजकाे घण्टाघरमा प्लेकार्डसहित विरोध प्रदर्शन गर्ने कार्यक्रमको घोषणा समेत गरेको छ ।

बैठकमा सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्ने सहमति पनि भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम काैशिक, पूर्व जिल्ला संयोजक रामदरश कुशवाहा, महमद सलाम, एकीकृत समाजवादीका बिक्रम चौरसिया, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमाल चन्द्र गौतम, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिको उपस्थिती रहेकाे थियाे ।

बैठकले वाम शक्तिहरूको एकता, जनसमस्या र राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा साझा धारणा निर्माण गर्दै संगठित ढंगमा कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once