Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

गाँजाको ठूलो परिमाण निजी कारमा फेला, १३३ किलो बरामद

spot_img

रौतहट,०६ साउन । रौतहटको गरुडा नगरपालिका– ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले १३३ किलो गाँजा निजी कारबाट बरामद गरेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ वटा पोकामा राखिएको लागुऔपषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए ।

रातो कलरको ब्रेजा कारमा गाँजा लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि गरुडा प्रहरीले चेकिङ तीब्र बनाएको थियो । तर, चालकले प्रहरी चेकिङ छलेर तीव्र गतिमा कार भगाउँदा समेत सफल नभएपछि खेतमा छोडेर भागेको थियो । डीएसपी कार्कीले बरामद गाडीमार्फत कारोबारीसम्म पुग्न अनुसन्धान अघि बढाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once