Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

पर्सा प्रहरीको सक्रियता: १ वर्षमा ३ करोड ५५ लाख जरिवाना असुल

spot_img

वीरगंज,०४ साउन । प्रहरी कार्यालय पर्साले एक वर्षमा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अदालतबाट विभिन्न अपराध तथा कसूरमा दोषी ठहर भई कैद तथा जरिवाना सजाय भएपछि फरार भई नेपाल तथा भारतको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयले पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ गरिएका फरार अपराधिहरुलाई अदालतमा पेस गरिएकोपनि उनले बताए ।

उनिहरुबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल उपरपनि गरिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

अदालतबाट दोषी ठहर भएका अपराधिहरु पक्राउ नपर्दा पिडितहरुले न्याय नपाउने,समाजमा अराजकता र नैराश्यता बढ्ने हुदाँ फरार अपराधिहरुलाई पक्राउ गरेर तोकिएको कैद तथा जरिवाना असुल उपर गराउनुपर्ने नेपाल प्रहरीको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अभियान नै सञ्चालन गरेर फरार १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once