Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
22.1 C
Kathmandu

सुर्खेतमा चाइनिज पेस्तोलसहित २ युवक पक्राउ

spot_img

सुर्खेत,०२ श्रवान । सुर्खेतमा चाइनिज पेस्तोल र गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार राती वीरेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन्।

वीरेन्द्रनगरस्थित कृष्ण मन्दिर नजिक ठूलो मात्रामा लागुऔषध तथा हातहतियार रहेको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए। उक्त सूचना पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। लागुऔषध रहेको सूचनामा सोधपुछ थालेको प्रहरीले उनीहरू बस्ने कोठामा छापा मारेको थियो। त्यसक्रममा उनीहरुको साथबाट अत्याधुनिक हतियार र लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले विधान र आदित्यको साथबाट १ थान स्वचालित चाइनिज पेस्तोल, त्यसमा लाग्ने २ थान म्यागजीन र १२ राउण्ड गोली बरामद गरिएको बताए। उनका अनुसार उनीहरुकै साथबाट विभिन्न आकारका ४ थान खकुरी, २ थान चक्कु, १ थान बन्चरो, १ थान नाईनस्टिक र १ थान कैंची लगायतका विभिन्न हातहतियार बरामद गरिएको छ। यस्तै उनीहरुको शरीर तथा कोठाबाट औषधीजन्य लागूऔषध ट्रामाडोल जस्तो देखिने ९० पत्ता, लागूऔषध स्पास्मो लेखिएको ट्रामाडोल जस्तो देखिने १६ पत्ता र नाइट्राज्पाम जस्तो देखिने ४० पत्ता लागूऔषध गरी जम्मा एकसय ४६ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ थान प्रतिबन्धित वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ) समेत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले पक्राउ परेका विधान शाही यसअघि पनि आपराधिक कार्यमा संलग्न रहेको आएको बताए। लागुऔषध कारोबारका क्रममा उनीहरुले व्यक्तिगत सुरक्षाका लागि पेस्तोल सहितका हातहतियार प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक शाहीले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once