Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

बालबालिकाको दृष्टि स्वास्थ्यका लागि लिटिल बड्डीमा निःशुल्क आँखा परीक्षण

spot_img

वीरगंज,०२ श्रवान । वीरगंज महानगरपालिका–३ स्थित लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका र शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै विद्यालयले उक्त शिविरको आयोजना गरेको थियाे ।

किरण आँखा अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १२० जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीको आँखाको परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए । उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका माध्यमबाट विद्यार्थीको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

शिविरमा किरण आँखा अस्पतालबाट दृष्टि विशेषज्ञ डा. मुस्कान गुप्ता तथा नेत्र सहायकहरू कविता पोख्रेल, शोभा कटवाल, जयमाला चौधरी, रुबी मिश्र र रामबाबु चौरसियाको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले प्रत्येक बालबालिकाको दृष्टि परीक्षण गरी आवश्यक परामर्श र सुझाव दिएका थिए।

डा. मुस्कान गुप्ताका अनुसार, बाल्यकालमै दृष्टि समस्या पत्ता लागेमा समयमै उपचार गर्न सकिन्छ, जसले दीर्घकालीन दृष्टि समस्याबाट बच्न मद्दत गर्छ । परीक्षणको क्रममा केही विद्यार्थीहरूमा सामान्य दृश्य कमजोरीको संकेत देखिएको र अभिभावकलाई थप उपचारका लागि सुझाव दिइएको पनि उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once