Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
22.1 C
Kathmandu

वायुसेवा निगमद्वारा २०८२ असार मसान्तसम्म ५३ करोड ऋण भुक्तानी

spot_img

काठमाडौं ,०२ श्रवान । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको असारसम्मको किस्ता तिरेको छ ।

निगमले जहाजखरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।

असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once