Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई गम्भीर घाइते

spot_img

जनकपुर,०१ श्रवान । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान छन् । यस घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थति न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो । करेन्ट प्रवाहले तीनै जना घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरुलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once