Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

विश्वकप क्वालिफायरका लागि ३२ सदस्यीय क्लोज क्याम्प घोषणा, आदिलको कमब्याक

spot_img

काठमाडौं,२९ असार । नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्वालिफायरका लागि ३२ सदस्यीय क्लोज क्याम्पको घोषणा गरेको छ । क्याम्पमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् ।

आदिललाई २०७९ सालमा आयोजित टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि निलम्बन गरिएको थियो । तर, अदालतले उनीसहित पाँच खेलाडीलाई आरोप प्रमाणित नहुने भन्दै सफाइ दिएको थियो । त्यसपछि २१ वैशाख २०८२ मा उनको प्रतिबन्ध हटाइएको थियो । प्रतिबन्ध फुकुवापछि आदिल पहिलोपटक क्लोज क्याम्पमा परेका हुन्, जसले उनको राष्ट्रिय टोलीमा पुनरागमनको ढोका खोलिदिएको छ ।

यसपटक क्लोज क्याम्पमा पछिल्लो समय टोलीबाट बाहिरिएका कुशल मल्ल र सन्दीप जोरासमेत समावेश छन् । यस्तै, युवा खेलाडीहरू रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकार लगायतले पनि स्थान पाएका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप छनोट खेल्नेछ । समूह २ मा रहेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नाै टोली सहभागी हुनेछन्, जसमा सुपर सिक्स चरणको अन्त्यमा शीर्ष तीन टिमले भारत र श्रीलंकामा सन् २०२६ मा हुने टि-२० विश्वकपका लागि स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once