Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
19.1 C
Kathmandu

ठमाडौं महानगरको ‘जेरो वेस्ट सिटी’ अभियान: स्वच्छ र हरित राजधानीतर्फको यात्रा

spot_img

काठमाडौं,२९ असार । काठमाडौं महानगरपालिकाले जलवायु संकट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ
आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले स्रोतमै फोहोर छुट्याउने (सोर्स सेग्रेसन), फोहोरबाट उर्जा उत्पादन (वेस्ट टु इनर्जी), सामुदायिक पुन:प्रयोग केन्द्र र शहरी वनको अवधारणा कार्यान्वयन गरिने बताए ।

महानगरको नीति तथा कार्यक्रमअनुसार फोहोर व्यवस्थापनका परम्परागत तरिका सुधार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोगमा जोड दिइनेछ । नागरिकलाई फोहोरको वर्गीकरण, पुन:प्रयोग र जिम्मेवार उपभोगबारे सचेत गराउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरण संरक्षण र दिगो शहरी विकास प्रणाली निर्माण गर्ने महानगरको योजना रहेको छ ।

यी कार्यक्रममार्फत काठमाडौंलाई सफा, हरित र जलवायु प्रतिरोधी शहर बनाउने दीर्घकालीन लक्ष्य लिइएको महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once