Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
19.1 C
Kathmandu

मौद्रिक नीतिको प्रभाव : लगानीकर्तामा उत्साह, सेयर बजारमा सुधार

spot_img

काठमाडौं,२९ असार । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढे पनि टिक्न सकेन । ११ः ०१ बजे नेप्से २७९७ अंकसम्म पुगेको थियो । तर बिक्री चाप बढेपछि बजार सम्हालियो ।

कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको भयो ।

१५८ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो । आज बैंकिङ र माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढे । माइक्रोफाइनान्स ३.५० र बैंकिङ ३.३७ प्रतिशत बढे ।

माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको छ । जसले गर्दा यो समूह सबैभन्दा धेरै बढ्यो । त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने उद्घोष नीतिमा गरिएको छ । यसले बैंकिङ समूहलाई बढाउन मद्दत पुग्यो ।

विकास बैंक १.४७, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत बढे । हाइड्रोपावर ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, अन्य ०.२७ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जीवन विकास लघुवित्तको ९.६१, नेस्डो समृद्धि लघुवित्तको ७.३०, समाज लघुवित्तको ६.५० प्रतिशत मूल्य बढ्यो ।

हिमालयन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । राप्ती हाइड्रोको ७.३४, भगवती हाइड्रोको ६.९३ तथा पन्चकन्या माइ हाइड्रोको ५.३६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआईसी एसिया बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स छन् ।
बजारको पूँजीकरण ४६ खर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once