Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी

spot_img

सुर्खेत,२५ असार । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once