Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

निर्धारित समयभित्र नसकिने त्रिवि क्रिकेट मैदान

spot_img

काठमाडौं,१८ असार । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ ।

बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् ।

पहिलोपटक फागुन २१ देखि काम सुरु भएर वैशाखको २४ गतेभित्र काम सकिसक्ने योजना रहेपनि सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र जसरी पनि काम सकाउन निर्देशन दिएका थिए र सोही अनुसार म्याद थप गरिएको थियो ।

तर प्राकृतिक तथा विभिन्न प्रावधिक कारणले काम सम्पन्न हुन नसक्ने जानकारी दिइएको हो । फ्लडलाइटको बेस निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको भएपनि सामान नआइपुगेकाले काम अघि बढ्न सकेको छैन ।

‘निर्माण व्यवसायीले वर्षा र अन्य कारणले गर्दा काम सम्पन्न हुन नसकेको जनाएका छन्, हामी विश्लेषण गर्दैछौं, केके कारणले कार्यप्रगतिमा ढिलाइ भएको हो त्यो विश्लेषणपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर पनि म्याद थप गर्न सकिन्छ’ आयोजना प्रमुख कण्ठले भनेका छन् ।

‘अहिलेसम्मको अवस्थामा प्यारापिटतर्फ ७० प्रतिशत भौतिक प्रगति भएको छ, फ्लडलाइटतर्फ ४० प्रतिशत मात्र काम भएको छ’ उनले भने ।

यसअघि अनलाइनखबरसँगको फिल्ड कुराकानीमा निर्माण कम्पनीले समयमै काम सम्पन्न गरिने दाबी गरेको थियो । https://www.onlinekhabar.com/2025/07/1714419/work-on-the-tribhuvan-university-cricket-ground-will-not-be-completed-on-time सभार:अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once