Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
22.1 C
Kathmandu

मोरङका १६ पालिकाले ल्याए १६ अर्ब ५७ करोडको बजेट

spot_img

मोरङ,११ असार । आगामी आर्थिक वर्ष २०८२-८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् ।

जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् ।

ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले रु चार अर्ब ४० लाख बजेट ल्याएको छ ।

यस्तै सुन्दरहरैँचा नगरपालिकाले रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले रु एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० र बेलबारी नगरपालिकाले रु एक अर्ब नौ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् ।

यसैगरी रतुवामाई नगरपालिकाले रु तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले रु ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले रु ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले रु ६१ करोड छ लाख २८ हजार २०० बराबरको बजेट पेश गरेका छन् ।

अन्य गाउँपालिकाहरुमा केराबारीले रु ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले रु ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले रु ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले रु ६७ करोड २९ लाख ९६ हजार, जहदाले रु ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले रु ५९ करोड एक लाख ७३ हजार ३११ र कटहरीले रु ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once