बढ्यो सुनको मूल्य, आज तोलाको कति

spot_img

काठमाडौँ ,०८ असार । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम एक लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ। यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once