Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
24.1 C
Kathmandu

वीरगंजमा होटल व्यवसायीका लागि सरसफाइ र खाद्य सुरक्षा सम्बन्धी अभिमुखिकरण

spot_img

वीरगंज,०६ असार । वीरगंज महानगरपालिकाले स्थानीय उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूसँग खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

होटल मकालुमा आयोजित कार्यक्रममा जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले सहभागी व्यवसायीहरूलाई स्वच्छ खाना, सरसफाइ मापदण्ड, खाद्यजन्य रोगहरूको रोकथाम तथा सार्वजनिक स्वास्थ्य सुरक्षाका विषयमा विभिन्न प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले वीरगंज महानगरपालिका अनुगमनकारी निकाय पनि भएकाले अनुगमन हुनु अगावै सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले आवश्यक जानकारी हासिल गर्नुपर्नेमा जोड दिए । उनले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी अनुगमनमा सम्पूर्ण रूपमा तयार रहन निर्देशनसमेत दिए ।

अभिमुखिकरण कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले गरेका थिए । उनले कार्यक्रम व्यवसायीहरूका लागि उपलब्धिमूलक भएको भन्दै व्यवहारमा समेत सुधार ल्याउन आग्रह गरे । कार्यक्रमको सञ्चालन हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once