Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
24.1 C
Kathmandu

शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल?

spot_img

काठमाडौँ,०६ असार । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो ।

छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले टीआरसी गठनपछि भइरहेका कामकारबाहीको विषयमा शीर्ष नेतालाई ब्रिफिङ भएको र केही प्रशासनिक काममा भइरहेको अवरोध खुलाउने विषयमा समेत छलफल भएको बताए ।

सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
शान्ति प्रक्रियालाई टुङ्गोमापुर्‍याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग (टिआरसी) गठन भएपनि ती आयोगमा कर्मचारी नियुक्ति हुन सकेको छैन ।

तीन दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once