Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
24.1 C
Kathmandu

डोटीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

spot_img

डोटी,०६ असार । डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका–७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जीप आदर्श गाउँपालिका –१ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जीप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भइरहेको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once