पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा

spot_img

गुल्मी,०४ असार । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ। पहिरोका कारण सोमबारदेखि अवरुद्ध सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सोमबार दिनभर पनि पहिरो खसेको थियो। निकै लामो प्रयासपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो। ठूलो चट्टानसहित खसेको सुख्खा पहिरोका कारण सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once