Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
21.1 C
Kathmandu

एयर इण्डिया विमान दुर्घटना : १३३ जनाको मृत्यु, कुन देशका थिए यात्रु?

spot_img

काठमाडौं,२९ जेष्ठ । एयर इण्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।भारतको गुजरातस्थित अहमदाबादबाट लण्डनका लागि उडेको एआई १७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो। डाक्टर बस्ने होस्टेलमै जहाज खसेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ। विमानमा १६९ जना भारतीय र ६१ जना विदेशी नागरिक सवार थिए। विदेशी नागरिकमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानडाका नागरिक सवार थिए। विमानमा गुजराजका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको । घाइतेहरूको तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्‍याइएको थियो।प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाले आफूलाई स्तब्ध बनाएको र घटना सम्बन्धमा मन्त्री र सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेका छन्।
जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ । उनी बेलायतमा आफ्नी छोरी भेट्न जाँदै थिए भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।अहमदाबादस्थित सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डन जान लागेको जहाज उडेको दुई मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जाने बित्तिकै बिस्तारै तल झर्न थालेको थियो। जहाजमा आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन्। उनीहरू दुवैको गृहराज्य गुजरात नै हो । एयर इण्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन । घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको थियो। उद्धार टोली जहाजमा लागेको आगो निभाएर शव निकाल्न लागेका छन्। शव अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once