Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
15.1 C
Kathmandu

अत्यधिक गर्मीका कारण वीरगंजका विद्यालय दुई दिनका लागि बन्द

spot_img

वीरगंज,२८ जेष्ठ । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनिवीरगंज महानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।

“दुई दिन बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको हो”, उनले भने, “पठनपाठन बन्द भए पनि सो अवधिमा विद्यालयको प्रशासन भने खुला रहनेछ ।” पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।

“अत्यधिक गर्मीकले बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौँ”, उनले भने, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।” नगरपालिकाले बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once