अत्यधिक गर्मीका कारण पोखरिया नगरपालिकाका विद्यालयहरू ३ दिनका लागि बन्द

spot_img

पोखरिया,२७ जेष्ठ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पोखरिया नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख प्रदुमन प्रसाद चौहानद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयहरूमा कक्षा १२ सम्मको पठनपाठन जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द हुनेछ। सो अवधिमा विद्यालयहरूको प्रशासनिक सेवा भने यथावत रूपमा सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले सार्वजनिक सूचना मार्फत आइतबार, असार १ गतेदेखि नियमित रूपमा पठनपाठन पुनः सञ्चालन हुने जनाएको छ। हाल बढ्दो तापक्रमका कारण विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य समस्या देखिन थालेपछि उक्त निर्णय लिइएको हो।

गर्मीबाट बच्न चिकित्सकहरूले घरभित्रै बस्न, प्रशस्त पानी पिउन, धूपमा यात्रा नगर्न र स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once