जातीय छुवाछुत अन्त्यका लागि शिक्षा र सीप अपरिहार्य: वरिष्ठ उपाध्यक्ष पाण्डे

spot_img

वीरगंज,२१ जेष्ठ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि शिक्षा र सीप जरुरी रहेकाे नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वताएका छन् । वीरगंजमा आयाेजित २० औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवश सम्बन्धि गाेष्ठिलाई सम्बाेधन गर्दै उपाध्यक्ष पाण्डेले शिक्षा र सिप भयाे भने छुवाछुत अन्त्य हुने वताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) पर्साले आयाेजना गरेकाे कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै उपाध्यक्ष पाण्डेले जातिय छुवाछुत लगायतका व्यतिथिती अन्त्यकाे लागि नै नेपाली विशेषता सहितकाे समाजवादमा जानु पर्छ पार्टीले निर्णय गरेकाे वताए । २० बर्ष अघि नै कानुनी रुपमा जातिय भेदभाव तथा छुवाछुतकाे अन्त्य भइसकेकाे वताउँदै अहिले पनि केही मात्रमा ब्यवहारिक रुपमा रहेकाेले त्यसकाे पनि अन्त्य हुन जरुरी रहेकाे वताए ।

उनले जातकाे आधारमा छुवाछुत गर्नेहरु विरुद्ध कानुनी उपाचार खाेज्नु पर्ने धारणा राखे । कानुनमा छुवाछुत गर्नु हुँदै व्यवस्था भएका कारण छुवाछुत र भेदभाव गर्नेहरु कानुनी उपचार खाेज्नु पर्नेकाे उनकाे भनाई थियाे ।

बागमती प्रबेशका पूर्व मुख्यमन्त्री एवं हालका प्रतिनिधि सभा सदस्यमा समेत रहेका उपाध्यक्ष पाण्डेले राजवादीहरुकाे आन्दाेलन सफल नहुने वताए । उनले भने “राजवादीहरु अहिले सल्लबलाएका छन् । सकिसकेकाे निरकुंशतन्त्र अब फर्कन सक्दैन, आन्दाेलन पनि सफल हुँदैन ।” उनले राजवादीहरुलाई अहिले कै व्यवस्था अनुसार नै २०८४ काे चुनाव लडेर दुई तिहाई बहुमत ल्याएर देखाउन आग्रह गरे ।

नेकपा एकीकृत समाजवादी पार्साका अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवं दलित मुक्ति संगठनका इन्चार्ज गणेश विक, पार्टीका केन्द्रिय सदस्य रामचन्द्र साह, मनाेज चाैधरी, लेखा समिति सदस्य किशाेरी कुशवाहा, दलित मुक्ति संगठन नेपालका सचिव बृजालाल पासवान, दलित महिला अधिकारकर्मी निला राम, दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजारा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजस्थित क्लासिक ब्याङ्क्वेटमा भएकाे कार्यक्रमकाे संचालन नेकपा (एकीकृत समाजवादी) पर्साका सचिव गंगा खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once