Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

तीन दलको छलफलपछि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

spot_img

काठमाडौं,१९ जेष्ठ । तीन दलका शीर्ष नेताहरुको छलफल लगतै मन्त्रिपरिषद बैठक सुरू भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच सदन खुलाउने विषयमा छलफल भएको थियो । छलफलमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने अडान दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित सोमबार सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा दुई दलले आफ्नो अडान यथावत राखेका हुन्।

बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेत हितराज पाण्डेले कांग्रेस–एमालेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको जानकारी दिए । कर्मचारीमाथि संवैधानिक निकायले छानबिन गरिरहेको, गृहमन्त्रीविरुद्ध कहीँकतै उजुरी नपरेकोले उनले राजीनामा दिनु नपर्ने कांग्रेस–एमालेको अडान छ।

‘हाम्रो तर्फबाट हामीले जसरी सुशासनलाई केन्द्रित गरेर जुन विषय राखेका छौं त्यही विषय राख्यौं । अरु नयाँ विषयवस्तुमा कुरा राखेनौं । हामीले जुन विषय राखेका छौं त्यो यथावत नै छ, त्यो भनेको राम्रो अनुसन्धान र छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गरिदिनु पर्‍यो भन्ने नै हो’, बैठकपछि पाण्डेले भने ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका महासचिव देव गुरुङ, गृहमन्त्री रमेश लेखक, माओवादीका प्रमुख सचेतक पाण्डे, राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र नेसपा अध्यक्ष एवं सांसद महिन्द्र राय यादव पनि सहभागी थिए। भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षीले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once