Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

जनप्रतिनिधि जिम्मेवार र जवाफदेही हुनुपर्छ : सिटौला

spot_img

दाेलखा,१७ जेष्ठ । नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहिता सहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्ने बताएका छन् ।

दोलखामा बागमती प्रदेश स्तरिय राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उद्घनाटन गर्दै नेता सिटौलाले जनप्रतिनिधि नागरिक प्रति जिम्मेवार बन्दै जनप्रतिनिधिले नागरिकका अपेक्षा अनुसार काम गर्नुपर्ने बताएका हुन ।

नेता सिटौलाले संघीयता पछिका विकास, नागरिकका सेवा र सहजताका विषयमा समिक्षा गर्नुपर्ने बताए । जनाताका अधिकार, आर्थिक समृद्धिका लागि कानुनी र व्यवहारिकतामा सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

खेलकुदको अनुशासन जस्तै राजनीतिमा पनि हुन जरुरी रहेको वताउॅदै खेललुदमा नतिजालाई सहर्ष स्वीकार गरे जस्तै राजनितीमा पनि आवश्यक रहेको नेता सिटौलाले बताए ।

कार्यक्रममा खेलकुदको बजेट दोब्बर बनाउने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बताए । कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुदको हव रुपमा रहेको बागमती प्रदेशमा खेलकुदका संरचना अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने उनले बताए ।

आगामी १९ गतेसम्म संचनालन हुने प्रतियोगिता अन्तर्गत ६ विधाका खेल हुने छ । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उस्सुका खेलहरु हुने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले बताए । उनका अनुसार प्रतियोगिता अन्तर्गत १३ जिल्लाबाट प्रति जिल्ला ११३ जना खेलाडीहरु सहभागि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once