Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

शीर्ष नेताहरू निष्क्रिय बनेपछि आन्दोलनहरू हराउँछन्

spot_img

काठमाडौँ,१७ जेष्ठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठुला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरेका हुन् ।

महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्‍यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या यही हो । नेपालका ठुला पार्टीका ठुला नेताहरूले रेस्पेक्ट गर्छु म उहाँहरूलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’

महामन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once